Logo

मध्यरातमा कास्कीबाट विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ



कखरा संवाददाता


काठमाडौं । नेपाल प्रहरीले शनिबार राति विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन् । उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका–११ बाट उनीहरूलाई पक्राउ गरेको हो । सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन् । पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख दानबहादुर कार्कीले बताए ।

उनीहरू त्यहाँको स्थानिय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्