Logo

ट्रिपल क्यामरा सहितको ‘वानप्लस ७प्रो’ नेपालमा



कखरा संवाददाता


काठमाडौं । ‘वानप्लस’ले आफ्नो नयाँ संस्करण ‘वानप्लस ७ प्रो’ नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीका अनुसार ‘वानप्लस ७प्रो’ले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ। जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एंगल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ।यसको बिल्कुलै नयाँ स्क्रीन तथा एकनासको डिस्प्ले तथा ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्दछ।

वानप्लस ७प्रोमा भएको ६.६७ इन्च, ५५१ पीपीआई डिस्प्ले अहिलेसम्मकै सबैभन्दा एडभान्स स्क्रीन भएको कम्पनीको भनाइ छ। ‘वानप्लस ७ प्रो’को अप्ग्रेडेड गरिएको स्क्रीनअनलक टेक्नोलोजिले फोनलाई ०।२१ सेकेण्डमै अनलकगर्न सक्ने छ। यसमा ४ हजार एमएएच ब्याट्री रहेकाले दिनभर चार्ज टिक्छ। ¥यापचार्जमार्फत २० मिनेटमै फोनलाई पुनःचार्ज गर्न सकिने छ।

यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ, जसले फोनलाई तातिनबाट जोगाउँछ।त्यसबाहेक यसमा यूएफएस ३।० स्टोरेज टेक्नोलोजी रहेको छ। जसले लेख्ने र पढ्ने स्पीड बढाउने कम्पनीको दाबी छ। फोन बिभिन्न भेरियन्टमा उपलब्ध छ। ६ जिबी र्याम १२८ रोम भएको फोनको मूल्य ८९ हजार रुपैयाँ, ८ जिबी र्याम २५६ रोम भएको फोनको बजार मूल्य ९९ हजार ९ सय र १२ जीबी र्याम, २५६ रोम भएको फोनको मूल्य १ लाख ९ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्