Logo

विश्वकपले छोएन सलमानलाई, पहिलो दिनकाे कमाइ यति



कखरा संवाददाता


काठमाडौं । इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

सलमानको फिल्म भारतले पहिलो दिननै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । विश्वकप क्रिकेटका कारण पहिलो दिनको कमाइ घट्ने अनुमान गरिएता पनि फिल्मले राम्रो कमाइ गरेको छ । बुधबार भारत र साउथ अफ्रिकाको क्रिकेट खेल थियो ।

फिल्मले पहिलो दिन ४२ करोडको कमाई गरेको छ । यो कमाइको साथमा ‘भारत’, सलमान खानको पहिलो दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यसअघि सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड ३५ लाख रुपैयाँ कमाइ गरेको थियो ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्वीटरमा बलिउडको बक्सअफिसमा एकपटक फेरि तुफान आएको बताएका छन् । उनले सलमान खान बक्सअफिसको सबैभन्दा ठूलो खेलाडी भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्