Logo

चट्याङ लागेर शिक्षकको मृत्यु



कखरा संवाददाता


काठमाडौं । प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको गएराति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्