Logo

निर्माता संघको विज्ञप्ती–‘शुक्रबारमात्र फिल्म प्रदर्शनको प्रावधान लागू होस्’



कखरा संवाददाता


काठमाडौं । बलिउड चलचित्र ‘भारत’लाई बुधबार नै नेपालमा रिलिज गरि पाउँ भनेर वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर गरेपछि अदालतले वितरण कम्पनीको पक्षमा फैसला ग¥यो । योसँगै अब जुनसुकै बारमा पनि विदेशी चलचित्र रिलिज हुने बाटो खुलेको छ ।

योसँगै सलमान खान स्टारर चलचित्र ‘भारत’ बुधबारदेखिनै नेपालमा रिलिज हुँदैछ । यसको प्रत्यक्ष असर रिलिज भैरहेका नेपाली चलचित्रमा परेको छ । ‘जात्रै जात्रा’को शो आधा घटेको छ भने हलमा चलिरहेको चलचित्र ‘कुम्भ करण’ ५ दिनमात्र मल्टिप्लेक्समा चल्न पाएको छ । नेपाली चलचित्रलाई पाखा लगाउँदे वितरकले यस्ता खालका प्रवृत्ती देखाउँदै आएको यो पहिलो पटक भने होइन ।

चलचित्र निर्माता संघले विज्ञप्ती जारी गर्दै वितरकहरुले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न लागेको भन्दै असन्तुष्टी जनाएको छ । संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपालका चारवटा ठूला चाडपर्व९दशै, तिहार, तिज र नयाँ बर्ष० का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रही सोही अनुसार चलचित्र प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असरपार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

संघको विज्ञप्तीमा अगाडि भनिएको छ–‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रुपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनैपनि भाषाका चलचित्रहरुलाई सर्वसुलभ रुपमा प्रदर्शन हुने पद्धती र परिपाटिको विकास गर्नु रहेको हुँदा नेपाल चलचित्र संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ ।’

निर्माता संघले वार्ता र छलफलका लागि सधै तयार भएको समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्