Logo

चियाको मूल्य तोक्न वार्ता



कखरा संवाददाता


इलाम । चियाको मूल्य तोक्न वार्ता गर्ने सहमती भएको छ ।

यसअघि पटकपटक भएको वार्ता विनानिश्कर्ष टुङ्गिएकाले पुन वार्तामा बस्न चिया उद्योगी र मजदुरबीच सहमती भएको हो ।

सूर्योदय नगरपालिकाले हरियोपत्तीको न्युनतम मूल्य ४० रुपैयाँ तोकेपछि उद्योगीले दिन नसक्ने भन्दै चिया उद्योग नै बन्द गरेका थिए । शनिबारको वार्तामा पनि कुनै सहमती नभए एशोसिएसनले आफै मूल्य तोक्ने सचिव गोपाल कट्टेलको भनाइ छ ।

चिया उद्योगीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एशोसिएसनले आफ्नो संस्थासँग आवद्ध ६३ चिया कारखानामा हरियो चियाको पत्ती नकिन्ने निर्णय गरेको छ ।

नगरपालिका भने उद्योगीको मनोमानि नचल्ने भन्दै नगरपालिकाले तोकेको मूल्यमा पछि नहट्ने बताएको छ । सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले नगरपालिका, किसान र उद्योगी सबैको हितका लागि काम गरिरहेको र यो मूल्यमा कसैलाइ मार नपर्ने भन्दै नगरपालिकाले गरेको निर्णय फिर्ता नहुने बताउनुभएको छ ।

एशोसिएसनले भने यसपटक उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढंगले दररेट तोकेको भन्दै उद्योग बन्द गर्नु परेको आरोप लगाएको छ । नगरपालिकाले चिया उद्योगीहरुको समस्यालाई कहिल्यै नबुझेको राज्यले सेवा सुविधा दिनुपर्नेमा उल्टै दररेट तोकिदिदा उद्योग धराशायी बन्न पुगेको उल्लेख गर्दै आफूहरुको समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्