Logo

एसईईमा करिश्माकाे ‘बी प्लस’, अब के पढ्छिन्’



कखरा संवाददाता


काठमाडौं । नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् । करिश्माले भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् ।

‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको उत्तर लेख्न पाएको थिइनँ’, उनले भनिन्, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’

करिश्माले अगाडि भनिन्, ‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उनले बताइन् ।

तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्