Logo

विश्वकप क्रिकेट : श्रीलंका र दक्षिण अफ्रिका भिड्दै, पल्लाभारी कसको ?



कखरा संवाददाता


काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको श्रीलंकाको ६ अंक छ ।

अहिले अंक तालिकाको सातौं स्थानमा रहेको श्रीलंका अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबको सबै खेल जित्नु पर्ने हुन्छ । एक खेल हारेको खण्डमा पनि श्रीलंका सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ । तर पाकिस्तान र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नु पर्ने हुन्छ ।

यता, दक्षिण अफ्रिका भने विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अंक बाँड्दै तीन अंक बनाएको छ । खराब लयमा रहेको दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाको लडाईँ मात्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्