Logo

चार महिनामा ४८ अर्ब बढी रकमान्तर



कखरा संवाददाता


काठमाडौं । जेठ महिनामा ३ अर्ब ५६ करोड ४६ लाख ९२ हजार ७९३ रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कलाई आधार मान्ने हो भने एक महिनामा मात्र साढे तीन अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर भएको हो ।

यसमा व्यापारीक मार्ग विस्तार आयोजनालाई १ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । रानी विराटनगर इटहरी सडक योजना इटहरीका लागि १ अर्ब र मेची पुल काकडभिट्टा नेपाल भारत सीमा आयोजनालाई सडक डिभिजन झापाको लागि १ करोड ३४ लाख रपैयाँ रकमान्तर गरेको छ ।

यस्तै जनकपुर परिक्रमा व्यापारीक मार्ग विस्तारका लागि व्यापारीक मार्ग विस्तार आयोजनालाई ४३ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

सघन सहरी विकास कार्यक्रम अन्र्तगत नुावकोटको वन्चरे डाडामा स्यानिटरी ल्याण्डफिल साइड र आवाश्यक पूर्वाधार निर्माणका लागि एक पटक नौकरोड २ लाख र अर्कोपटक १५ लाख ३९ हजार ५ सय र १ करोड ७२ लाख विकास कार्यक्रमका लागि रकमान्तर भएको छ ।

यी त केही रकमान्तर गरिएका क्षेत्र मात्र भए । भौतिक सुविधा, भैपरी आउने साधारण खर्च, भैपरी आउने विकास खर्च लगायतको प्रयोजनका लागि रकमान्तर गरिएको देखिन्छ ।

अर्थ मन्त्रालयको आर्थिक कार्यनिर्देशिका अनुसार जेठपछि रकमान्तर स्वीकृत गर्न पाइने छैन । यसलाई आधार मान्ने हो भने र सरकारले आफ्नै कार्यनिर्देशिका पालना गर्ने हो भने अबको यो असार महिनामा रकमान्तर हुने छैन ।

पछिल्लो चौमासिकमा रकमान्तर गर्ने परम्परा ज्यादा मौलाएको छ । पछिल्लो ४ महिनामा ४७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर भएको अर्थमन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।

मन्त्रालयले पछिल्लो चार महिनामा हुने अत्यधिक रकमान्तर कम गर्नकै लागि निर्देशिका बनाएको थियो । चालु आर्थिक बर्षको फागनुमा १८ अर्ब रुपैयाँ रकमान्तर भएको छ भने चैतमा ९ अर्ब रुपैयाँ रकमान्तर भएको छ । यस्तै बैशाखमा १७ अर्ब रुपैयाँ रकमान्तर भएको छ ।

रकमान्तर बढी हुन भनेको सरकारले प्राथमिकता दिएर छुट्याएर दिएको क्षेत्रमा रकम खर्च हुन नसक्नु हो ।

प्रतिक्रिया दिनुहोस्