Logo

अहिलेसम्मकै बढी मूल्यमा ‘बिगबोस’ होस्ट गर्दै सलमान



कखरा संवाददाता


काठमाडौं । भारतीय टेलिभिजनको चर्चित शोहरुमध्येको एक ‘बिगबोस १३’ को विषयमा दर्शकहरुको चासो देख्नलायकको छ । शो कन्टेस्टेन्टकाे नामदेखि लोकेसन, थीम र योसँग जोडिएको नयाँनयाँ अपडेटहरुको लगातार बाहिरिरहेका छन् ।

सलमान खानले होस्ट गर्ने शोमा यसपटक सलमानाई अघिल्लो वर्षको तुलनामा एकदमै धेरै पारिश्रमिक दिइएको भारतीय मिडियाको दाबी छ । मिडियामा अनुसार सलमानलाई ‘बिगबोस १३’ होस्ट गर्नको लागि च्यानलले ठूलो रकम अफर गरेको छ ।

सलमानलाई हप्ताको ३१ करोड रुपैयाँ पाउने भएका छन् । जसमा उनले हप्तामा दुईओटा शो होस्ट गर्नुपर्ने हुन्छ । १३ हप्तासम्म चल्ने शोको हिसाब गर्ने हो भने सलमानले ‘बिगबोस १३’ बाट कुल ४ सय ३ करोड रुपैयाँ कमाउने छन् ।

अघिल्लो वर्ष अर्था ‘बिगबोस १२’मा सलमानलाई एउटा एपिसोडको १२ देखि १४ करोड रुपैयाँ दिइएको थियो भने ११औँ सिजनमा ११ करोड रुपैयाँ दिइएको थियो । यस्तै बिगबोसको सिजन ४ र ६ को लागि सलमानले एक एपिसोडको लागि साढे २ करोड रुपैयाँ लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्