Logo

खुल्यो होटल हायात



कखरा संवाददाता


काठमाडौं । मजदुर आन्दोलनका कारण बन्द होटल हायात बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । सेवा–सुविधा कटौतीको बिरोधमा श्रमिकले आन्दोलन थालेपछि जेठ ३० गतेदेखि होटल बन्द थियो ।

मजदुर र व्यववस्थापनबीचको विवाद समाधान गर्ने सहमतिमा आन्दोलन स्थगित गरेका हुन् । पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै होटलको समस्या समाधान गर्ने गरी होटल खुलेको हो ।

यसअघि आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने अडान व्यवस्थापनले लिएको थियो । यता कटौती गरिएको सेवा सुबिधा पुनःस्थापना नभएसम्म आन्दोलन नरोकिने भन्दै मजदुरहरुले धर्नालाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्