Logo

‘ज्वाईं प्रधानमन्त्री सतर्क हुनुस्, ससुरालीले अगुल्टा उचाले’



कखरा संवाददाता


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टाईले नेवार समुदायका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सर्तक हुन आग्रह गर्नुभएको छ ।

गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई संकेत गर्दै उहाँले ज्वाईंहरु सर्तक हुनपर्ने बेला आएको बताउनुभएको हो । उहाँले ससुरालीले अगुल्टो उचालेकोले अब ज्वाईंहरु सर्तक हुनुपर्ने बेला आएको बताउनुभयो ।

‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौं, ज्वाईं न स्वाईं अगुल्टाले च्वाईँ,’ उहाँले भन्नुभयो, ‘अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले, यसबाट हाम्रा ज्वाईं प्रधानमन्त्री, ज्वाईं उपप्रधानमन्त्री, ज्वाईं मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

डाक्टर भट्टराईले यति भन्दै गर्दा नेपाली कांग्रेसका सांसद्हरुले टेबुल ठाेकेर समर्थन जनाएका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्