Logo

नेल लगाएर चौधरीको उपचार हुँदै



कखरा संवाददाता


काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरेको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिनुभयो।

रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताउनुभयो। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो।

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए ।, अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्