Logo

९७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



कखरा संवाददाता


नुवाकोट । गैरनाफामुलक संस्थाहरु ‘सामर्थ्य नेपाल’ र ‘समृद्ध नुवाकोट’ले विदुर नगरपालिका–१३मा रहेको कन्यादेवी आधारभूत विद्यालयमा अध्ययनरत ९७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १६ जना अनाथ तथा १ जना वर्ष उत्कृष्ट विद्यार्थीलाई झोला, जुत्ता, कापीकलम, ज्यामिती बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएकोस सामर्थ्य नेपालका सचिव भुवनप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । यसका साथै संस्थाले विद्यालयलाई सफा राख्नका लागि फोहोर राख्ने डस्टबिन पनि सहयोग गरेको छ ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत अरु ८० जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ । आफ्नो पहलमा रकम उठाएर सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको संस्थाका अर्का सदस्य एवं भूपु विद्यार्थी ध्रुव कोइरालाले सुनाउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीहरुमा पढाईप्रति उत्प्रेरणा जगाउने कदम चालेकोमा प्रधानाध्यापक मदन झाले धन्यवाद दिनुभयो । शैक्षिक सामग्री मात्र नभएर विद्यालय र विद्यार्थीको भविष्य उज्वल बनाउन आवश्यक बौद्धिक सहयोग गर्न पनि प्रधानाध्यापक झाले सामथ्र्य नेपाललाई अनुरोध गर्नुभयो ।

सामर्थ्य नेपालले यसअघि पनि गाउँघर सहयोगी मनहरुबाट रकम उठाएर सरसफाई, शैक्षिक सामग्री वितरण लगायतका सामाजिक कामहरु गर्दै आएको छ । आगामी दिनहरुमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण एवं सरसफाईको कामलाई निरन्तरता दिने संस्थाका सचिव प्याकुरेलले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्