Logo

वर्षा ड्रेस बिबाद – ‘मेरो परिवारलाई समस्या छैन भने जवाफ दिन आवश्यक छैन’



कखरा संवाददाता


काठमाडौं । केही दिन अगाडि अष्ट्रेलियामा चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत चलचित्रको विशेष शोमा पुग्दा ट्रोल खुबै बनेको थियो । तर, नायिका राउतले भने यो कुराको जवाफ दिन आफूलाई आवश्यक नरहेको बताएकी छिन् ।

काठमाण्डौको बीग मुभिजमा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुगेकी वर्षाले भनिन्–‘मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ ।’

नायिका राउतले यो कुरामा आफ्नो परिवार पनि जोडिएको भन्दै दुःख भने व्यक्त गरेकी छिन् । ट्रोलमा श्रीमान् संजोग कोइरालादेखि आफ्नो ममी ड्याडी पनि जोडिएकाले केही दिन आफूलाई थोरै समस्या भएको उनले तर्क गरिन् । तर, यो देशमा वाक स्वतन्त्रताको कुरा पनि उठिरहेको भन्दै उनले पहिरन स्वतन्त्रता पनि होला भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्–‘मन लागेको कुरा लगाउन पाइन्छ, तपाइले पनि लगाउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्