Logo

नेकपा सांसदले नै मागे मन्त्री महासेठको राजीनामा



कखरा संवाददाता


काठमाडौं । बजेट विनियोजनमा मनपरी गरिएको भन्दै नेकपाकै सांसदले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको तीव्र विरोध गरेका छन् । सांसदहरुले सबै बजेट रकमान्तर गरी प्रधानमन्त्री र मन्त्रीकै जिल्लामा लैजान व्यंग्यात्मक आग्रह गर्नुका साथै मन्त्रीको राजीनामा मागसमेत गरेका हुन् ।

विनियोजन विधेयक २०७६ माथि छलफल गर्ने क्रममा नेकपा सांसद जर्नादन शर्मा ‘प्रभाकर’ले रुकुमको बजेट प्रधानमन्त्री केपी ओलीको क्षेत्र झापा र मन्त्री महासेठको जिल्ला धनुषामा बजेट रमाकान्तर गर्न माग गरे । त्यसैगरी लालबहादुर थापा, राजेन्द्रप्रसाद गौतम र सुदन किराँतीले विरोधस्वरुप सभामुखमार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता गरे ।

बाजुराबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद लालबहादुर थापाले बजेट विनियोजनमाथि असन्तुष्टि जनाउँदै मन्त्री महासेठको राजीनामा माग गरे ।, खबर राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्