Logo

युवतीको ढाडमा सुई हानेर फरार



कखरा संवाददाता


काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुुरा नै देखिन् ।

सोही निद पकनाजोलमै अर्की युवतीलाई पनि मोटरसाइकलमै आएका युवा पछाडिबाट प्रहार गरेर भागे । उनी आत्तिएर घर पुगिन् । घोचेको ठाउँमा खास घाउ नदेखिएपनि दुखाइ भने पीडादायी थियो ।

ती मध्ये एउटी युवतीको ढाडमा र अर्कीको कोखमा घोचिएको थियो । ती युवतीको उमेर २० देखि २१ वर्षको छ । त्यसरी घोच्न आउने युवाहरु २५ वर्षभित्र रहेको प्रहरीको अनुमान छ । हालसम्म चार युवतीमाथि त्यसरी प्रहार भएको छ ।

प्रहार परेका चारै युवतीे उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे अस्पतालले उनीहरुमाथि आक्रमण भएकाले मानसिक रोगी या लागूपदार्थ सेवनकर्ताले रोग सार्ने सोचले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।, खबर नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्