Logo

नेपाली गीत सेयर गर्दै सन्नीले के लेखिन् ?



कखरा संवाददाता


काठमाडौं । पूर्वपोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनले आफून नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा भाग्यमानी महसुस गरेको बताएकी छन् । युट्युबमा सार्वजनिक भएको चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजकी शाम’ बोलको भिडियो ट्वीट गर्दै नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘नेपाली फिल्म ‘पासवर्ड’ को गीत सेयर गर्न पाउँदा निकै खुसी छु । किनकि, तपाईंहरु मेरो नेपालप्रतिको प्रेम जान्नुहुन्छ । योसँगै मलाई नेपाली फिल्म संसारको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको छ । नेपालमा महान प्रतिभाहरुहरुको जन्म भइरहेको छ ।’ ‘पासवर्ड’ भाद्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्र ‘पासवर्ड’ बाट उनले नेपाली फिल्मको हिस्सा बन्ने अवसर पाएकी छन् । चलचित्रमा समावेश ‘आजको शाम’ बोलको गीतमा उनले दमदार नृत्य देख्न सकिन्छ । गीतमा अभिनयको लागि भन्दै उनले भारतीय २ करोड बुझेको निर्माण टिमले बताएको छ । चार दिन अगाडि युट्युब रिलिज भएको यस गीतले अहिलेसम्म साढे १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

लण्डनमा छायांकन भएको गीतलाई विष्णु देवाले कोरियोग्राफी गरेका छन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द रहेको गीतको अडियो सुनेपछि नै सन्नीले उत्साहित हुँदै तारिफले भरिएको एक ट्विट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्