Logo

नेपाली स्याटलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो



कखरा संवाददाता


काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।

यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन् । हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो ।

तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन । काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्