Logo

गुठी विधेयक संशोधन हुने संकेत



कखरा संवाददाता


काठमाडौं । संसदमा पेश भएको गुठी विधेयक संशोधन हुने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकाका सांसद, मेयर, वडाअध्यक्ष र सम्बन्धित विज्ञहरुसँगको छलफलपछि विधेयक संशोधन गर्ने संकेत दिनुभएको हो ।

विधेयकको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले त्यसबारे छलफल गर्नु भएको हो । विधेयकबारे प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि सम्बन्धित विज्ञसँग छलफल भएको थियो । करिब २ घण्टा चलेको छलफलमा प्रधानमन्त्री ओलीले सांसद, मेयर, र वडाअध्यक्ष र सम्बन्धित विज्ञसँग विधेयकबारे परामर्श लिएर तर रायपछि उहाँले कुनै प्रतिक्रिया नजनाएको स्रोतले बताएको छ ।

यद्यपि प्रधानमन्त्री ओली विधेयक संशोधन गर्ने पक्षमा रहेको स्रोतले उल्लेख गरेको छ । प्रधानमन्त्रीले युरोप भ्रमणपछि स्वदेश फर्कनेक्रममा आइतबार विमानस्थलमा पत्रकारहरुलाई संक्षित प्रक्रिया दिँदै ‘गुठी विधेयक सच्याउन सकिने’ बताउनु भएको थियो ।

प्रधानमन्त्रीले त्यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालसँग पनि विधेयकबारे छलफल गर्नुभएको थियो । मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्रीले विधेयक संशोधन गर्न निर्देशन दिएको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्