काठमाडौं । गायक सुरज श्रेष्ठको स्वर तथा दीपक शर्माको शब्द संगीत रहेको नयाँ गीत ‘जिस्काउँछे मायाले’ सार्वजनिक भएको छ ।
कार्टुन क्रुजमाथि फिचरिङ गरिएको गीत आकर्षक भिडियोसहित सार्वजनिक गरिएको हो ।
भिडियोमा कार्टुन क्रुजका आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि।लामा, राम घले, सुविन चौहान, साजन चौहानलगायतको अभिनय समेटिएको छ ।
ज्ञानेन्द्र शर्माको छायाँकन, लाक्पा डि।लामाको सम्पादन रहेको भिडियो काटुन क्रुजका सरोज अधिकारीले नै निर्देशन गरेका हुन् ।