Logo

सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन जनाको मृत्यु, तीन घाइते



कखरा संवाददाता


दाङ । दाङमा शनिबार बिहान २ बजे सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा छैटौँ तलाको सट्रिङ भत्किएको हो ।

मृत्यु हुने मजदुरमा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, ४६ वर्षीय साहेब र २२ वर्षीय दयाल हरेन रहेका छन् ।

घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्