Logo

वेष्ट इन्डिजविरुद्ध आत्मविश्वासी इंग्ल्यान्ड



कखरा संवाददाता


काठमाडौं । विश्वकप क्रिकेटको चौथो खेलमा आयोजक इंग्ल्यान्डले शुक्रबार वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमाथि १०६ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्ड त्यही नतिजालाई दोहोर्‍याउन चाहन्छ ।

साउथह्याम्पटनमा दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा इंग्ल्यान्ड पनि खेल आफ्नो आफ्नो पक्षमा पार्न चाहन्छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग पराजित भयो । पाकिस्तानसँगको त्यो १४ रनको हारले इंग्ल्यान्डलाई पाठ सिकायो । त्यसकै परिणाम स्वरुप इंग्ल्यान्डले बंगलादेशमाथि १०६ रनले पराजित गर्न सफल भयो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८६ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको बंगलादेश ४९ ओभरमै २८० रन बनाउँदा अलआउट भयो ।

इंग्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीन पक्ष निकै बलियो छ । बंगलादेशविरुद्धको खेलमा फराकिलो जित निकाल्ने क्रममा ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गरे । उनले १२१ बलमा १४ चौका र पाँच छक्का प्रहार गर्दै १५३ रन बनाएका थिए । वेष्ट इन्डिजविरुद्ध पनि उनको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ । त्यसो त कप्तान इयोन मोर्गन, जोनी बैरस्टोव, जोय रुट, जोस बुट्लर, बेन स्टोक्स जस्ता खेलाडी छन् ।

बलिङमा पनि इंग्ल्यान्ड निकै बलियो छ । आदिल रसिद, जोफ्रा आर्चर क्रिस वोकस जस्ता राम्रा बलर छन् ।

वेष्ट इन्डिज पनि बलियो टिम हो । क्रिस गेल, शाइ होप, इभिन लेविस, कार्लोस ब्राथवोएट, कप्तान ज्यासन होल्डर, ड्यारेन ब्राभो जस्ता ब्याट्सम्यान छन् ।

प्रतिक्रिया दिनुहोस्