Logo

महेन्द्रको राष्ट्रवाद, राप्रपाको वैचारिक पाटो



कखरा संवाददाता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय राजनीतिमा फरक धार बोकेर राप्रपा वैकल्पिक राजनीतिक शक्ति बन्ने प्रयास गरिरहेको बताउनु भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष थापाले राप्रपाले बोकेको वैचारिक दर्शनलाई सही तरिकाबाट जनतामा लगेर वैकल्पिक राजनीति शक्ति बन्ने बताउनु भयो ।

अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रको राष्ट्रवाद राप्रपाको वैचारिक दर्शनको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्