Logo

प्लेयर अफ दि इयर अवार्ड एमबाप्पेलाई



कखरा संवाददाता


एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले प्लेयर अफ दि इयर अवार्ड जितेका छन् ।

फ्रेन्च लिग वानमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

युएनएफपीले एम्बाप्पेलाई आइतबार राति अवार्ड प्रदान गर्यो । यस्तै एमबाप्पेले बर्ष युवा खेलाडीको अवार्ड समेत हात पारे । पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका  एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड जितेका हुन् ।

फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले यस सिजन ३० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्