Logo

विश्वकप क्रिकेट : उदघाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै



कखरा संवाददाता


काठमाडौं । विश्वकप क्रिकेटले अबको करिब एक महिना सबैको ध्यान केन्द्रित गर्नेछ । सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् भने अब कुन टिमको प्रदर्शन कस्तो र कुन खेलाडीले के गरे ? भन्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नेछ ।

विश्वकप क्रिकेट आज लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो पहिलो खेलमै घरेलु समर्थकलाई निरास बनाउने लक्ष्यमा हुने छैन इंग्ल्यान्ड । स्पष्ट जित हात पार्दै अघि बड्ने लक्ष्यमा इंल्यान्ड छ ।

अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यसपाली इंग्ल्यान्ड टिम बलियो छ । ब्याटिङ, बलिङ र फिल्डङ यी तीनै पक्ष चुस्त देखिएको छ ।

नेपाली समयअनुसार खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दक्षिण अफ्रिका पनि इंग्ल्यान्डलाई पराजित गर्दै स्पष्ट जितको खोजिमा हुनेछ । दक्षिण अफ्रिकाको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो ।

प्रतिक्रिया दिनुहोस्