Logo

इंग्ल्यान्डलाई पाकिस्तानविरुद्धको वन डे सिरिज



कखरा संवाददाता


एजेन्सी  । पाकिस्तानविरुद्ध पाँचौं तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टोलि इंग्ल्यान्डले जित निकालेको छ । आइतबार भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेको हो ।

लिड्समा इंग्ल्यान्डले दिएको ३५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो  ।

पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले पनि ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

इंग्ल्यान्डका क्रिस वाकोसले ५ विकेट लिए । आदील राशिदको नाममा दुई विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोय रुटले ८४ तथा कप्तान इयान मोर्गनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जोस बटलरले ३४, जेम्स भिन्सले ३३ र जोनी बैर्स्टोले ३२ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा इमाद वासिमले ३ विकेट लिए ।

योसंगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा ४-० ले कब्जा जमाएको छ । दुईबीचको एक खेल भने वर्षाको कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्