Logo

बढ्यो कर्मचारीको तलब,अब कस्ले कति पाउँछन्?(सूचिसहित)



कखरा संवाददाता


जेठ १५,काठमाडौं । सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै कर्मचारीहरुको तलबमा सुरुको तलब स्केलमा राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएको हो ।

कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ । त्यस्तै, राजपत्र अनंकिततर्फको २० प्रतिशतले वृद्धि भई नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ । त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।

हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ । कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्