Logo

१५ खर्ब ३१ अर्बको बजेट आउँदै



कखरा संवाददाता


काठमाडौं । सरकारले बुधबार आर्थिक वर्ष २०७६, ०७७ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले बजेट अत्यन्तै लोकप्रिय हुने दाबी गरेको छ ।

बजेटको गत वर्ष भन्दा करिब ३ खर्ब बढेर १५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष १२ खर्ब ७९ अर्बको बजेट ल्याइएको छ । त्यस मध्ये कुल बजेटको ७३ प्रतिशत अर्थात् ९ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । ३ खर्ब, ४० अर्ब ७५ करोड रुपैयाँ बचेको छ ।

सरकारले आर्थिक २०७६, ०७७ मा ९ सय ७५ अर्ब राजश्वबाट उठाउने लक्ष्य लिएको छ । ३ सय अर्ब वैदेशिक ऋणबाट जुटाउने योजना बनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा आन्तरिक ऋण १ सय ८८ अर्ब र विदेशी अनुदान ६८ अर्ब रुपैयाँ पुगेको छ ।

बजेटको आकार वर्षेनी बढ्दै गएको छ । तर बजेट बढाइए पनि यथेष्ट रुपमा त्यसको कार्यान्वयन भने हुन सकेको छैन । अर्थविद्हरुले बजेटको आकार मात्रै बढ्ने र रकम खर्च नहुने प्रवृति बढिरहँदा त्यसले अर्थतन्त्रमा असर पार्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्