Logo

विप्लव समूहद्धारा आफ्नै पूर्व सेक्रेटरीमाथि कुटपिट



कखरा संवाददाता


काठमाडौं । प्रतिबन्धित चन्द समूहका कार्यकर्ताताले सिन्धुलीमा आफ्नै पुर्व सेक्रेटरीमाथि कुटपिट गरेका छन् । चन्द समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्ला सेक्रेटरी रहेर काम गरेका हरिकृष्ण घिमिरको दम्पत्तिलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

गाउँपालिकामा आफ्नो काम सकेर फर्किएका ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगामाथि कुटपिट भएको हो ।

हरिहरपुरगढी गाउँपालिकामा आफ्नो व्यक्तिगत काम सकेर साँझ घर फर्किने क्रममा चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पत्तिको हातमा गहिरो चोट लागेको छ ।

घाइते घिमिरेले ६ महिनाअघि विप्लव समूह परित्याग गरेका थिए । उनिहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्