Logo

चीनको देन्दान्ङमा नेपालीको मृत्यु



कखरा संवाददाता


संखुवासभा । नेपालको सीमावर्ती क्षेत्र चीनको देन्दाङमा एक नेपालीको मृत्यु भएको छ । मकालु गाउँपालिका वडा नम्बर २ का खमरबहादुर खम्बुको करेन्ट लागेर मृत्यु भएको हो ।

खम्बुको चीनको नयाँ निकुञ्जमा निर्माण भइरहेको भवनमा काम गर्ने क्रममा आइतबार करेन्ट लागेर मृत्यु भएको डिएसपी मोमबहादुर लामाले बताउनुभयो ।

मृतकका आफन्तले  भने घटनाप्रति शंका  गरेका छन् । ‘ भाइको करेन्ट लागेर मृत्यु भएको भनिएको छ’ मृतकका दाइ खुशीरामले भने, ‘तर शरिर भरी निलडाम छ । घटनाको निश्पक्ष छानविन हुनुपर्छ ।’ अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्