Logo

वृद्धभत्ता बढ्ने पक्का, कति बढ्छ ?



कखरा संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने भएको छ ।

नेकपाले प्रतिनिधिसभा सहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणा गरेको बाचा अनुरुप सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाउने भनेको थियो ।

‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ ।’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, स्रोतले भ्याएमा एक हजार पनि बढाउन सकिन्छ । तर कम्तीमा पाँच सय भने अवश्य बढ्नेछ । समाचार नागरि दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्