काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । ‘गलबन्दी’ बोलको मौलिक दोक दोहोरी गीत शनिबार बेलुकी सार्वजनिक भएको हो । ८ घण्टा नबित्दै गीतलाई १ लाखभन्दा धेरैपटक हेरिसकिएको छ ।
प्रकाश सपुतका शब्द तथा संगीतमा रहेको सुन्दर गीतमा स्वयं प्रकाश र शान्ति श्री परियारको आवाज छ । कृष्ण विकको एरेन्जमा तयार भएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
गीतको भिडियोमा प्रकाश आफैँ छन् भने उनलाई मोडल अञ्जली अधिकारीले साथ दिएकी छन् । भिडियोमा ‘बोल माया’ गीतका केही अंशहरुलाई पनि प्रयोग गरिएको छ ।
गीतको भिडियोमा मौलिकपन देखिन्छ । गाउँघरमा गाइने लोकदोहोरीमा टपक्क टिपरे प्रकाशले भिडियोमा उतारेका छन् । साथै गीतको बीचबीचमा बोलिने संवादहरुले भिडियोलाई अझ रोमाञ्चक बनाएको छ ।
भिडियोको अन्त्यमा छोरा गाउँबाट भागेको देखाइएको छ । छोरा किन गाउँबाट भागे भन्ने प्रश्नको जवाफ भने ‘बोल माया २’ गीतमा दिने प्रकाशको पतिवद्धता छ । हेरौँ भिडियोः