Logo

अझै अन्याेलमा स्थायी राजधानी !



कखरा संवाददाता


मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी र नाममा अझै अन्योल कायम रहेको छ । राजधानी तोक्ने कार्यविधि प्रदेशसभाबाट सर्वसम्मत पारित भएपनि मतदानको मिति टुंगो नलाग्दा अन्योलता बढेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को बजेट अगाडि नै यस विषयलाई टुंग्याउनुपर्नेमा प्रदेश सभा सदस्यको माग भए पनि मतदानको मिति नतोकिएकाले यो विषय अझै पर सर्ने संकेत देखिएको हो ।

यसअघि सत्तापक्षका सांसदको चर्को दबाब र प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको स्थायी राजधानी सम्बन्धी प्रस्ताव सदनमा दर्ता नभएसम्म सदन अवरुद्ध पारेपछि सभामुख सानुकुमार श्रेष्ठले कार्यविधिलाई सदनमा छलफलका लागि प्रस्ताव गर्नुभएको थियो ।

कार्यविधिअनुसार मतदानको मिति तोक्ने जिम्मेबारी सभामुख सानुकुमार श्रेष्ठमा निहीत रहेको छ । जेठ १४ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउनुपर्ने दबाबका बीच स्थायी राजधानीको विषय छायाँमा पर्ने सांसदहरुले बताएका छन् । प्रदेश सभाको अगामी बैठक जेठ १४ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्