Logo

एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’



कखरा संवाददाता


काठमाडौं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवा लिन पाउने भएका छन् ।

भारत भ्रमणमा जाँदा ग्राहकले आफ्नो एनसेल सिम साथमै लगेर १०० रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करसहित १२७ रुपैयाँ ६९ पैसामा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो सेवाबाट लाभ लिन ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ ।

अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगे पछि पनि लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्