Logo

कस्तो छ शुक्रबारको मौसम ?



कखरा संवाददाता


काठमाडौं । देशको पहाडी भूभागहरूमा शुक्रबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि सामान्य बदली भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश भूभागमा शुक्रबार राति पनि आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्