Logo

सीपीएलमा सन्दीप : ७८ लाख पारिश्रमिक



कखरा संवाददाता


काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने फेरि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा खेल्ने भएका छन् ।

उनलाई सीपीएलको क्लब बार्बाडस ट्राइडेन्टसले ७० हजार डलर (करिब ७८ लाख ५० हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । बार्बाडसले बेलायतको लण्डनमा जारी ड्राफ्टको पाँचौ राउण्डमा सन्दीपलाई यो सिजनको सीपीएलका लागि अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले न्यूनतम् ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।

यो सिजनको सीपीएल क्रिकेट आगमी सेप्टेम्बर ४ देखि अक्टोबर १२ तारिखसम्म वेस्टइन्डिजमा आयोजना हुँदैछ। पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेर उदीयमान प्रतिभा घोषित सन्दीपले यो पटक आकर्षक पारिश्रमिक पाउने भएका छन् ।

गतवर्ष सन्दीपले सीपीएलको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनलाई त्यो बेला क्लबले ५ हजार डलरमा मात्रै अनुबन्ध गरेको थियो । गत सिजन उनले ५ खेलबाट ७ विकेट झारेर आफ्नो प्रभाव देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्