काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन्। सन्दीपले अष्ट्रेलियाको बीगवास लिगमा मेलबर्न स्टार्सबाट खेलेका थिए।
अष्ट्रेलियामा रहँदा सन्दीपले नेपाली क्रिकेटको विकाससँगै अन्य नेपाली खेलाडीलाई समेत प्रशिक्षणका लागि त्यहाँ वातावरण मिलाउने गरी छलफल गर्ने बताएका छन्। सन्दीपको यस भ्रमणबाट नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने नेपाली क्रिकेटका व्यवस्थापक रमन शिवाकोटीले विश्वास व्यक्त गरे।
सन्दीप केही साताअघि मात्रै इन्डियन प्रिमियर लिग खेलेर भारतबाट काठमाडौं फर्किएका हुन्। त्यसपछि गृहनगर चितवन पुगेर परिवारसँग केही दिन बिताएका सन्दीप अष्ट्रेलिया गएका हुन्। सन्दीप आगामी जुन दोस्रो साता नेपाल फर्कनेछन्।