Logo

करणी गरी फरार धामी ४ वर्षपछि पक्राउ



कखरा संवाददाता


बैतडी । हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय सुनाएको थियो । उनी यसअघि फरार रहेका थिए ।

पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्