Logo

राजधानीमै बालिका अपहरण गरी बलात्कार



कखरा संवाददाता


काठमाडौं । फेसबुकमा चिनजान भएपछि नजिकिएका धनुषाका एक युवकले ललितपुरको १५ वर्षीय किशोरीलाई अपहरण गरी जबर्जस्ती करण गरेका छन् ।

धनुषा–४ शिवचोकका २४ वर्षय उत्सव गुप्ताले थसिखेल बस्ने बालिकालाई फेसबुकका चिनजान भएपछि भेट्न बोलाएर मोटरसाइकलमा राखी अज्ञात स्थलतर्फ लगेका थिए । हराएको ६ दिनपछि बालिका परिवारको सम्पर्कमा आएकी छन् । प्रहरीले आफूलाई खोजेको सुइँको पाएपछि बन्धक बनाइएकी बालिकालाई महालक्ष्मीस्थानमा छाडेर गुप्ता फारर छन् ।

महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रले सोमबार बालिका अपहरण तथा करणीको उक्त घटनाबारे महालक्ष्मी मावि नखिपोटको ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुनाएका थिए । दुई महिनाअघि किशोरीलाई गुप्ताले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्